
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ७ मोतीपुरमा रहेको गुल्मी जिल्लाको एक विद्यालयको जग्गामा भूमाफियाले रजाइँ गरेका छन् । उनीहरुले निजी प्लटिङमा पुग्न विद्यालयको जग्गामा जबरजस्ती बाटो खोलेका हुन् ।
भूमाफियालो विद्यालयको जग्गामा रजाइँ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी परेको छ । उजुरीपछि आयोगले वाणगंगा नगरपालिकालाई पत्राचार गर्दै जग्गामा हाल विद्यालयबाहेक अन्य कुनै व्यक्ति वा संघसंस्थाले उपयोग गरे वा नगरेको विवरण मागेको छ । अख्तियारले फिल्ड स्केचसहित विवरण खुलाइ प्राविधिक स्थलगत प्रतिवेदन उपलब्ध गराउनसमेत भनेको छ ।
‘हामी गुल्मीमा छौं, सार्वजनिक सम्पत्ति कसैले हडप्न पाइँदैन । दिनदिनै हामीले हेर्न सक्ने कुरा भएन । तर, अहिले विद्यालयको जग्गामा संरचना बनेको, बाटो खोलिएको कुरा सुनिएको छ’, प्रअ ज्ञवालीले भने, ‘अब व्यवस्थापन टोलीसँगै केही दिनमा गएर आफ्नो जग्गा सुरक्षित बनाउने छौं ।’
उनका अनुसार वाणगंगाका दुई ठाउँमा विद्यालयले धेरै पहिले जग्गा किनेको थियो ।
जग्गा व्यापारी अधिकारीले भने २०२८ सालदेखि सो जग्गामा बसोबास गर्दै आएकी राधिका थारुले बाटो निकालेको दाबी गर्दै त्यस पछाडि बाँकी आफूहरुले बाटो निकालेको बताए ।
उनले विद्यालयको जग्गा आफूले नछोएको र बाटो थारुहरुले नै निकालेको बताए ।
तर, स्थानीयका अनुसार थारुलाई अधिकारीलगायतले विद्यालयको जग्गामा बाटो बनाउन दिए सो जग्गाको साटो उनको नाममा १ कठ्ठा जग्गा आफूहरुले दिने प्रलोभनमा पारेका थिए ।
स्थानीयका अनुसार अहिले विद्यालयको जग्गामा खानेपानीको बोरिङ जडान गरी कम्पाउण्डसमेत गरिएको छ । यसबारे समेत विद्यालयलाई जानकारी छैन । विद्यालयको जग्गामा स्थानीयले भौतिक संरचनासमेत बनाएका छन् । -नेपाल प्रेस