कपिलवस्तुका ७ ठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा

कपिलवस्तु । नजिकिँदै गरेका चाडपर्व लाई लक्षित गरेर कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सुचारु गरेको छ । चाड पर्वमा आवत–जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै बढी भिडभाड हुने जिल्लाका ७ चोक तथा बसपार्कमा यात्रु सहायता कक्षा (हेल्प डेस्क) स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले  बताउनु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बाणगंगाको चारनम्बर, तौलिहवा बसपार्क, गोरुसिङ्गे, कृष्णनगर, चन्द्रौटा, चाकरचौडा र मर्यादापुर गरि ७ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको सुचना अधिकारी थापाले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दसैँ–तिहार र छठ विशेष सुरक्षा योजना शनिबारदेखि सुरु गरेको बताएको छ । चाड पर्वको समयमा क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे गरि सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने, चोरी, लुटपाट, ठगी लगायतका कार्य बाट यात्रु तथा स्थानियलाई पर्न जाने असरलाई कम गर्न यस्तो कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस कार्यलाई छठ सम्म सक्रियाता पुर्वक लगिने प्रहरीले जनाएको छ ।

साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

May be an image of 4 people and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation