
सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा विश्व शान्तीको कामना सहित दिप प्रज्वलन गरिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा कलौनी चोकमा प्यालेष्टाइनको हमास समुहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जाली अर्पण गर्दै मैन बत्ती बालेर विश्व शान्तिको कामना गरिएको छ ।
गएको शनिबार असोज २० गते राति इजरायलमा हमास समुहले गरेको आक्रमणम पर्दा १० नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो भने अन्य घाइते तथा एक नेपाली हराइरहेका छन् । सोही दुखद घटनामा परेर मृत्यु भएका मृतकहरुप्रति श्रद्धाञ्जाली अर्पण र त्यहाँ फसेका सबै नेपालीहरुको उद्धार तथा घाइतेहरुको उपचार गरी जिवन रक्षाको आह्वनसहित विश्व शान्तीको कामना गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको दुधराक्ष युवा क्लबल अध्यक्ष किरण पोख्रेलले जानकारी गराउनुभयो ।
सामाजिक कार्यमा अग्रसर संस्था दुधराक्ष युवा क्लबका अध्यक्ष पोख्रेलले यो दुखद समयमा आफ्नो सक्दो सहयोग र प्राथाना गर्न सबैमा अनुरोध गर्नुभयो । दिप प्रज्वलन कार्यक्रममा दुधराक्ष युवा क्लबका पदाधिकारी सदस्य तथा २ दर्जन भन्दा बढी सामाजिक अभियानकार्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सचिव पदम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।