ढाब सामुदायिक बनमा नयाँ कार्यसमिति : युवाहरु अहिले पनि नेतृत्व लिन बाट पछि हटे

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा १४ मा रहेको ढाब सामुदायिक बनको नेतृत्व लिन बाट अहिले पनि युवाहरु पछि हटेका छन । नेतृत्व कै लागि लामो रस्साकस्सी भएपनि सामुदायिक बनको अध्यक्ष बाट युवाहरु पछि हटेका हुन ।

बन उपभोक्ता समिति अध्यक्ष पदका लागि कुरा नमिल्दा केहि दिन नयाँ कार्यसमिति चयन पक्रिया लम्बिए पनि अन्ततः अध्यक्ष पद पुरानै पुस्तालाई दिएपछि सम्पुर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएका हुन । त्यसो त पदाधिकारीमा युवा पुस्ताको संलग्नता नभएको पनि हैन, तर पुराना पुस्ताको दबदबा रहेको उक्त बनमा अहिले पनि युवाहरु नेतृत्व लिन बाट पछि सरेका छन ।

बनको १५ औँ साधारण सभा तथा ५ औँ अधिवेशन बाट भोजराज न्यौपाने को अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । जसको उपाध्यक्षमा मायादेवी बेल्बासे, सचिवमा मनोज न्यौपाने, सह सचिव बिष्णु प्रसाद न्यौपाने, कोषाध्यक्षमा माया न्यौपाने, सदस्यहरुमा मित्र प्रसाद अधिकारी, सुशीला न्यौपाने, खुमकला अधिकारी र राधिका न्यौपाने चयन भएका हुन ।

यस क्षेत्रका सामुदायिक बनहरुको नेतृत्व अब युवाहरुले पाउनुपर्ने कुरा विगतदेखि नै उठिरहेको थियो, तर नेतृत्व लिने समयमा एकजुट नहुनाले युवाहरुले नेतृत्व पद गुमाउँदै आएका छन । १४ नम्बर वडामा रहेका प्राय सबै सामुदायिक बनमा युवाहरु नेतृत्व पङ्तीमा छैनन् ।

कार्यक्रममा बोल्दै १४ नम्बर वडाका वडा अध्यक्ष दामोदर न्यौपानेले वडामा प्रशस्त सामुदायिक बन रहेकाले हामिले ति बनको भरपुर सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । विश्वभर नै बनजङ्गलको क्षेत्र मासिदै गएको भन्दै हामिले यसको क्षेत्रलाई विस्तार गर्दै जानुपर्ने बताउनु भएको छ । बनको कारोबारलाई चुस्तदुरुस्त बनाउने सम्पुर्ण जिम्मा कार्यसमितिलाई नै हुनेभएकाले नयाँ कार्यसमिति त्यसमा गम्भिर बन्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

May be an image of 11 people, temple and text that says 'भा'

बनका अध्यक्ष प्रेम नारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ओम बहादुर दर्लामी, बाणगंगा सब डिभिजन बनका फरेस्टर धरबेन्द्र धित, बनका पुर्व अध्यक्षहरु डासुराम बिष्ट, यादव न्यौपाने, अगेरपानी सामुदायिक बनका अध्यक्ष छबि कुमार बिष्ट, छेडा प्रहरी चौकी इन्चार्ज, बनका पदाधिकारी, उपभोक्ता लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने नवनिर्वाचित सचिव मनोज न्यौपानेले गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation