दाङमा बसको ठक्करबाट बाणगंगाका एक युवकको ज्यान गयो

दाङ । दाङकाे भालुवाङमा आज बिहान बसकाे ठक्करबाट एक युवककाे ज्यान गएकाे छ । बसकाे ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको ज्यान गएकाे हाे ।

काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे ना ७ ख ५९७१ नम्बरको बसले बाटाे पार गर्ने क्रममा खनाललाई ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

बसकाे ठक्करबाट गम्भीर घाइते हुनुभएका खनालकाे उपचारका क्रममा भालुवाङ अस्पतालमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिनु भयो । ठक्कर दिने बसका चालकलाई पक्राउ गरिएकाे उहाँले बताउनुभयाे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation