
प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटीले बिजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान प्रदान साथै घैटो फोर कार्यक्रममा सम्पन्न गरेको छ ।
हिन्दुहरुको महान पर्वहरु नजिकै गर्दा सङ्गठनले एकआपसमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रमलाई रचनात्मक र मनोरञ्जनात्मक गराउदै घैटो फोर कार्यक्रम समेत गरिएको हो । घैटो फोर कार्यक्रममा ५२ जना भन्दा बढीको सहभागीता रहेको कार्यबाहक अध्यक्ष शिव खनालले जानकारी दिनुभयो । तीनवटा घैटा मध्ये फुटाउन सफल बिजेताहरु बिदुर भट्टराई , पूजा पन्थी र अपेक्षा तिमिल्सिनालाई सम्मान समेत गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु जिल्ला कमिटी सचिव सुमित सापकोटा र कार्यक्रमका विशिष्ट अतिथि एवम् जिल्ला कमिटी सह(सचिव पवन भुसालले विद्यार्थी हकहितका बारेमा प्रकाश पार्दै दशै तिहार एवम् छट र नेपाल संवतको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम का.वा.अध्यक्ष शिव खनालको अध्यक्षता , जिल्ला कमिटि सचिव सुमित सापकोटाको प्रमुख आतिथ्यता , जिल्ला कमिटि सह-सचिव पवन भुषाल , जिल्ला सदस्य मेलिना पुलामी लगायत नगर कमिटि तथा क्याम्पस कमिटि र विद्यार्थीहरुको सहभागीतारहेको थियो । कार्यक्रम क्याम्पस कमिटी उपाध्यक्ष अपेक्षा तिमिल्सिनाको स्वागत र सचिव मिलन शर्माको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।