गैडहवाको सुर्यपुरा बजारमा डेंगु रोक थामको लागि सरसफाइ

रुपन्देही । रुपन्देहीको को गैडहवा गाउपालिका वडा न ६ सुर्यपुरा बजार डेंगु रोक थामको लागि सरसफाइ अभियान शुक्रबार सम्पन्न भएको छ गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल आफै झाडु लिएर बजारमा सरसफाइमा निस्के पछि स्थानीय जनता स्वतः सरसफाइमा निस्केका थिए ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल सरसफाइ आफ्नो ठाउँ आफै सफाइ राखौं भन्दै सरसफाइ अभियान सन्चालन हुने बताउदै मानब जगतमा सरसफाइ घर देखिलिएर हरेक ठाउँमा सरसफाइ हुनुपर्नेमा जोड दिनु भयो ।यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष बच्चुलाल केवटले सरसफाइमा सगै आर्थिक बन्दीले थला परेको ब्यापार सबै मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रम वडा अध्यक्ष सदस्य स्वास्थ्य स्वयंसेविका ईलाका प्रहरी कार्यलय सुर्यपुरा सुनगाभा सामुदायिक बिकास केन्द्र साथी संजाल लगाएतको सरसफाइमा सहभागीता रहेको थियोे  ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation