ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी, बैतडीका ट्रक चालक पक्राउ

बैतडी । नाबालिका बलात्कारको आरोपमा बैतडीका एक ट्रक चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

बिहीवार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा ती नाबालिका अत्तरियाबाट बसेकी थिइन्।

गएराति मिनी ट्रकमा नै आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाले प्रहरीलाई जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले चालक ओझालाई मिनी ट्रकसहित आज पाटन नगरपालिका-६ को हिरापुरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चालकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकालाई पाटनमा रहेको सुरक्षित आवासगृहमा राखिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation