अभिभावक संघका पूर्व अध्यक्ष भण्डारीद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगर निवासी सहिद नारायण पोखरेल रामापुर क्याम्पस शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारीले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन । शिक्षाप्रेमी भण्डारीले बिबिएस दोस्रो वर्षमा अध्ययनरत उषा मल्लाहको अभिभावकत्व भण्डारीले ग्रहण गरेका हुन ।

ठुला हृदयका भण्डारीले अति विपन्न ,अल्पसंख्यक समुदायकी प्रतिभाशाली छात्रा उषा मल्लाहको अभिभावकत्व ग्रहण गरी सम्पूर्ण शुल्क भुक्तानी गरिदिएको जानकारी क्याम्पस प्रमुख हेम बहादुर थापाले बताए | पढाइमा अब्बल अतिरिक्त क्रियाकलापहरुमा पनि रुचि राख्ने उषा मल्लाहलाई सहयोग गर्ने पुण्य कार्यका लागि क्याम्पसको तर्फबाट भण्डारी परिवारलाई धन्यवाद ज्ञापन गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation