अर्घाखाँचीको छत्रदेबमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेब  गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  हिंजो साँझ ६ बजेतिर भएको दुर्घटनामा परि पाणिनी गाउँपालिका घर भएका  सहचालक २० बर्षिय  थम्मन कुमालको मृत्यु भएको हो ।

बारी जोतेर फर्कदै गरेको  ट्याक्टर बारीको ढिक बाट २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खनका प्रहरी निरिक्षक इश्वरी अधिकारिले जानकारी दिनु भएको छ ।

चालक सहित ३ जना सबार रहेको उक्त ट्याक्टरमा रहेका अर्का एक जना सामान्य उपचार पछि घर फर्किएका छन ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लीएको खबर प्राप्त भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation