बाटो मर्मत नभएपछि चाडपर्व मनाउन सिमलपानी जानेहरु ३/४ घण्टा हिड्न बाध्य

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ र १४ लाइ कपिलवस्तु सङ्ग जोड्ने सबै भन्दा छोटो बाटोको रुपमा चिनिन्छ बैरिया–पाबर/बिक्रम हुदै सिमलपानी जोड्ने बाटो । कालोपत्रे हुन नसकेपछि विगतका वर्षहरुमा दशैँ आउन भन्दा केहि दिन अगाडि नै उक्त बाटो मर्मत गरिन्थ्यो । चाडपर्वको समयमा गाउँमा जान खोज्नेहरुको लागि केहि सहजता रहेको थियो । तर अहिले गत वर्ष भन्दा १५ दिन पछाडि दशैँ परेपनि उक्त बाटो मर्मत गर्ने तर्फ भने कसैको ध्यान गएको छैन ।

चाडपर्व आएसङ्गै अध्यन, रोजगार लगायतका सिलसिलामा कपिलवस्तु, रुपन्देही, काठमाडौ लगायत बाहिर बाट चाडपर्व मनाउन सिमलपानी जानेहरु अहिले बिक्रम बाट हिड्दै जान बाध्य रहेका छन । चाडपर्वको समयमा महिला, बालबालिका, वृद्धवृद्धा लगायत सबै गाउँमा पुग्ने गर्छन, दशैं तिहार लगायतका पर्वलाई मनाउन बजार बाट आवश्यक सामाग्री पनि लग्ने गर्छन । तर केहि ठाउँमा मात्र बिग्रिएको बाटो लाई मर्मत गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा ३/४ घण्टा हिडेरै गाउमा पुग्नुपर्ने बाध्यता रहेको छ ।

शितगङ्गा १४ बौरि निवासी युवराज न्यौपाने भन्छन, “अहिले त कार्तिक सम्म पनि बाटो मर्मत भएनछ, झण्डै ४ घण्टा हिडेर घर पुगे । दशैँमा टिका लगाउन अरु आफन्तहरु पनि आउने कुरा छ खै कसरी आउनुहुन्छ होला र यस्तो मा” उनले भने ।

बिक्रम/पाबर देखि सिमलापनी सम्म जाने बाटो थोरै मात्र मर्मत गरे पनि चाडपर्वमा गाउँमा जानेहरुलाई हिड्नुपर्ने बाध्यता हट्छ । तर सम्बन्धित पक्षले चासो दिएको पाईदैन । केहिले त कपिलवस्तु बाट हिड्दै जाँन वृद्धवृद्धा र बालबच्च नसक्ने भएकाले चाडपर्वमा गाउँमा जानै नसक्ने बताउने गर्छन ।

No description available.

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation