
कपिलवस्तु । आवस्यक पुर्वाधार, मनोरञ्जन र खेलकुदका क्षेत्र नहुनाले नै कपिलवस्तुमा पर्यटन प्रवद्र्धन हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटक लाई तिलौराकोट, राजापानी, लक्षमणघाट, कपिलधाम लगायत जिल्लाका पर्यटकिय स्थलमा भुलाइ राख्न आवस्यक होटल, रेस्टुरेन्ट, मनोरञ्जन, खेलकुद लगायतका क्षेत्र नभएको उहाले बताउनु भएको छ ।
आज राजापानी सामुदायिक वनको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । राजापानी सामुदायिक वन मात्र नभएर जिल्लाका सम्पुर्ण वनलाई अब व्यवस्थित तरिकाले प्रवद्र्धन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । अझैपनि करडौ सम्पती भएका केहि व्यक्तिहरुले वन तथा सार्वजनिक सम्पती हडपेर बसेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । सार्वजनिक सम्पती हडपेर बसेकै कारण पछिल्लो समय कपिलवस्तुमा डुबानको समस्या टड्कारो बनेको समेत उहाँले बताउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले राजापानी लाई बाणगंगाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके राजापानी बाट नै बाणगङ्गा र कपिलवस्तु लाई चिनाउन सकिने उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाका डिभिजनल वन अधिकृत बिजयराज सुबेदीले पटना, राजापानी लगायत चोरी तस्करी बढी हुने बनहरुमा ड्रोन को प्रयोग गरेर बनको रेखदेख गर्ने बताउनु भएको छ । विगतको तुलनामा धेरै चोरी तस्करीमा कमि भएपनि उक्त कार्यलाई निरुत्साहित बनाउन तिहार लगत्तै ड्रोन को प्रयो गर्ने बताउनु भएको छ । त्यस्तै उहाँले बजेट ल्याउँदा वन उपभोक्ता समुहले निक्कै छलफल र बहस गरेर बजेट ल्याउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । कपिलवस्तुका एउटै बनमा ३/४ करोड बजेट रहेको भन्दै त्यसलाई सहि रुपमा प्रयोग गर्न सके बन सङ्गै जिल्लाको समृद्धिको लागि समय नलाग्ने उहाँले बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले नियम कानुनलाइ पालना गर्दै नगर भित्र रहेका सम्पुर्ण साझेदारी तथा सामुदायिक वनले स्थानीय सरकार लाई १० प्रतिशत बजेट प्रदान गर्ने हो भने बाणगङ्गाको विकासमा थप टेवा पुग्ने बताउनु भएको छ । बनहरुले विभिन्न विकास निर्माणका लागि बजेट खर्च गरेपनि उक्त बजेटलाई स्थानीय सरकार सङ्ग समन्वय नगरी बजेट खर्च गर्नुले प्रभावकारी नदेखिको उहाँको तर्क रहेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले वनले राखेका योजना र कार्यक्रमहरु उत्कृष्ट नै रहेको भन्दै ति योजनालाई सफलता पुर्वक सम्पन्न गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा वनकी अध्यक्ष सितादेवी पौडेलले राजापापनी सामुदायिक वनलालाई पर्यापर्यटनको क्षेत्रमा विकास गर्दै, स्थानिय स्तरमा सयाँैलाई रोजगारी, हजाराँैलाई स्वरोजगार र लाखौलाई मनोरञ्जन प्रदान गर्ने लक्ष लिएको बताउनु भएको छ । बनलाई भविश्यमा योजनाबद्ध ढंगले विकास गर्दै उपभोक्ताहरुको मागलाई समेत ध्यानमा राखि यसको गुरुयोजना निर्माणको कार्य सम्पन्न गरी सोही बमोजिमका क्रियाकलाप सञ्चालनको लागि डिपिआर तयार गर्ने काममा समेत जुटेको उहाँले बताउनु भएको छ । बाल उद्यान निर्माण, बुद्ध मुर्ति स्थापना, आकर्षक फुलवारी निर्माण, ऐतिहासिक राजापानी मुल संरक्षण, सुबिधा सम्पन्न बनभोज स्थल, माछापालन एवं जलसयरका लागि पोखरी निर्माण, आन्तरिक सजावट, फ्रि वाईफाई जोन, शौर्यबत्ती जडान, सिसि क्यामरा जडान, जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणका लागि संरक्षण केन्द्र स्थापना, जातिय संग्राहलय निर्माण, धार्मिक मठ मन्दिर निर्माण, सुबिधा सम्पन्न खेल मैदान निर्माण, सुबिधा सम्पन्न सभाहल तथा प्रशासनिक भवन निर्माणका साथै यस सामुदायिक बनलाई अतिक्रमण तथा चोरी तस्करी हुन नदिनको लागि तारबार गर्ने, झाडी सफाइ, पुनरुत्पादन कटान गर्ने र ट्रेन्च खन्ने तथा अग्नि रेखा निर्माण गर्ने, थिनिङ्ग गर्ने कामलाई समेत निरन्तररुपमा अगाडी बढाईएको उहाँले बताउनु भएको छ ।
जनप्रतिनिधि, विभिन्न सामुदायिक तथा साझेदारी वनका अध्यक्ष तथा प्रतिनिधि, वनका पदाधिकारी, उपभोक्ता, विभिन्न संघ संस्थाका पदाधिकारी, शुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको कर्यक्रम उपाध्यक्ष कुल बहादुर सोमैको स्वागत तथा सचीव दिनानाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।