
कपिलवस्तु । नेपालमा काम गर्न भन्दा काम गरेजस्तो गरेर फेसबुकमा फोटो हाल्ने काम मात्र बढि हुँदा विकास हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले स्विकार गर्नुभएको छ । अन्य मुलुकमा उच्च पदमा रहेका व्याक्तिहरुले पनि फिल्डमै गएर काम गर्ने तर नेपालमा फोटो खिच्न मात्र फिल्डमा जाने प्रवृत्तिले विकास हुन नसकेको बताउनु भएको छ ।
आज उद्योग ब्यापार संघ कपिलवस्तद्वारा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउु भएको हो । त्यस्तै उहाँले नेपालमा काम गर्नको लागि कानुन बाधक रहेको पनि बताउनु भएको छ । प्रशस्त साधन स्रोत र सम्भावना भएपनि कानुनी जटिलताकै कारण नेपालमा सोचे अनुसार काम गर्न नसकिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले यहाँका केहि संघ सस्थालाई आफुहरुले पटकपटक निमन्त्रणा गरेपनि उपस्थिति नभएको भन्दै दुखेसो व्यक्त गर्नुभएको थियो । देशकै आर्थिक अवस्थ सङ्कटको स्थितिमा रहेको भन्दै त्यस बाट मुक्ति पाउनको लगि तिनै तहका सरकार र उद्योगि ब्यापारी मिल्नुको विकल्प नभएको उहाँले बताउनु भएको छ । कपिलवस्तुका व्यवसायीहरु पनि अवैध सामान आयात लगायतका कारण मर्कामा परिरहेको भन्दै त्यसलाई नियन्त्रा गर्न सम्बन्धित निकायले कठोर कदम चाल्न आवश्यक रहेको बताउनु भएको छ ।
त्यस्तै निवर्तमान अध्यक्ष हुमनाथ पौडेलले देशमा मात्र मभएर यहीँ बाणगङ्गाका कयौं व्यवसायी पनि टाट पल्टिरहेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो । कपिलवस्तु स्रोत साधन र आम्दानीको हिसाबले अब्बल रहेपनि उचित विकास हुन नसके भन्दै यसमा सम्बन्धित निकाय गम्भिर बन्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
त्यस्तै मानवअधिकारकर्मी तथा पत्रकार पार्वती आचार्यले मायादेवी गाउँपालीका लगायत जिल्लका धेरै स्थानमा शिक्षा र स्वास्थ्यका अवस्था कमजोर रहेको प्रति प्रदेश सांसद विष्णु पन्थिको ध्यानआकर्षण गराउनु भएको थियो । मायादेवीका विभिन्न विद्यालयमा एउटै शिक्षकले एकैपटकमा ३ वटा सम्म कलास लिनुपर्ने बाध्यतालाई उहाँले तत्काल समाधान गर्न आग्रह गर्नुभएको थियो ।
संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघक पदाधिकारी, सल्लाहकार, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने महासचिव वासुदेव पौडेलले गर्नुभएको थियो ।