पाल्पा बाट जुवा खेलिरहेका सात जना पक्राउ

पाल्पा। जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४२५ रुपियाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation