पुर्व सांसद विश्वकर्मा माओबादी प्ररित्याग गरि एमालेमा प्रवेश

कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र की केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् ।  पुर्व सांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी पार्टी प्ररित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका हुन् ।

उमा विश्वकर्मा नेकपा माओवादी केन्द्र बाट २०६३ सालमा सांसद भएकी थिइन् ।एमाले प्रवेश संगै माओवादी केन्द्र कपिलवस्तुलाई गम्भीर धक्का लागेको छ।  शिवराज नगरपालिकाकि बासिन्दा उनी सहिद परिवारको सदस्य पनि हुन् ।

पार्टी प्रबेस कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई ,बिमला घिमिरे ,केन्द्रिय सदस्य गिरधारिलाल न्योपाने बलराम अधिकारी ,जिल्ला अध्यक्ष डम्मर शर्मा, प्रदेश सदस्य बिमला चौधरी ,गोपालवहादुर थापा लगायत सहभागी थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation