
कपिलवस्तु । पछिल्ला दिनहरुमा बाणगंगा २ मा रहेको पिपरा अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा बढ्दै गएका सुविधा र विश्वासिलो उपचार सेवाका कारण अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो ।
बाणगंगा नगरपालिकाद्वारा सञ्चालित यस अस्पतालमा अहिले दैनिक औसत १५० भन्दा धेरै बिरामी आउने गरेको अस्पतालका मेडिकल अधिकृत डाक्टर गणेश क्षेत्रीले बताउनु भएको छ । अस्पतालमा आउने अधिकाशं बिरामीहरुमा दिर्घकालिन रोगका बिरामी, प्रशुति जाँचका बिरामी, भिडियो एक्सरे गर्नेहरु रहेको उहाँले बताउनु भयो । मौसम परिवर्तन र चाडपर्वमा हुने फुड पोईजनिङका बिरामी र आकस्मिक सेवाका बिरामीहरुको चाप पनि उत्तिकै रहेको डाक्टर क्षेत्रीले बताउनु भएको छ ।
फरक प्रसङ्गमा अधिकृत डाक्टर क्षेत्रीले आफु जिल्ला अस्पतालमा पनि काम गरेर आएकाले त्यो अनुभवलाई पिपरा अस्पतालमा पनि सकारात्मक रुपमा प्रयोग गर्ने बताउनु भएको छ । पछिल्लो समय आफु र सिङ्गो अस्पताल परिवारको अथक प्रयाश बाट भिडियो एक्सरे लगायतका बिरामी ५/६ गुनाले वृद्धि भएको बताउनु भएको छ । इमरजेन्सी र ओपिडि सेवालाई नयाँ बिल्डिङ्गमा थप सेवा सुविधा सहित सेवा प्रवाह गरिरहेको पनि उहाँले बताउनु भयो ।
त्यस्तै डाक्टर गणेश क्षेत्रीले आफुहरुले बुझाउन सकेसम्म नगरपालिकाका अस्पताललाई सहयोग गर्न सकारात्मक रहेको बताउनु भएको छ । बिचमा केहि समय प्रमुख प्रशासकिय अधिकृत नहुँदा समस्या भएपनि अधिकृत आईसकेपछि विभिन्न टेण्डरका प्रक्रिया अगाडि बढेको उहाँले बताउनु भएको छ ।
यता केहि बिरामीहरुले भने अस्पतालमा अरु सेवा सुविधा राम्रो भएपनि केहि औसधि भने नपाइएको भन्दै तिव्र गुनासो गरेका छन । अस्पतालमा बिमा मार्फत औसधि लिन आउनु भएकी खिमकला ज्ञवालीले सुगरको औसधि नपाएर बुटबलको औसधि खाईरहेको गुनासो गर्नुभएको छ । ‘सेवा सुविधा त खै कस्तो भन्ने कहिले औसधि नै पाईदैन, अहिले त झन डेढ महिना भयो बुटबल बाट ल्यएर सुगरको औसधि खाईरहेकी छु’ उहाँले भन्नुभयो ।
यस बिषयमा भने अस्पतालका मेडिकल अधिकृत डाक्टर क्षेत्रीले विविध कारणले केहि औसधिको अभाव भएपनि उक्त समस्यालाई समाधान गर्न अस्पतालले प्रक्रिया अगाडि बढाईसकेको बताउनु भएको छ । प्रेशर, सुघर र इमरजेन्सीका केहि औसधिको अभाव रहेको स्विकार गर्दै त्यसलाई समाधान गर्न सम्बन्धित निकाय सङ्ग पहल गरिरहेको उहाँले बताउनु भएको छ ।
यता बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पिपरा अस्पताललाई विगतको तुलनामा सुविधायुक्त बनाउँदै लगेको बताउनु भएको छ । आवश्यक पुर्वाधार देखि अस्पतालका विभिन्न सेवा सुविधालाई बढाउँदै लगेले नै बिरामीहरुको चाप पनि बढ्दै गएको उहाँले बताउनु भये । त्यस्तै औसधिको विषयमा भने उहाँले कहिलेकाहि केहि औसधि छोटे समयको लागि अभाव भएपनि पछिल्लो समय लामो समयसम्म औसधिको अभाव नभएको दाबी गर्नुभएको छ ।