करिब ४ सय ले निशुल्क आँखा जाँच गराउँदा ६० जनामा मोतियाबिन्दु

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच गराएको छन । लिडो नेपाल कपिलवस्तुको आयोजना, कतार च्यारिटि नेपालको सहयोग तथा तौलिहवा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त शिविरमा चेक गराएका मध्ये ६० जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

आँखा जाँच गराएका सबैलाई निशुल्क औसधि र परामर्श प्रदान गरिएको छ । मोतियाबिन्दु देखिएका ६० जनालाई तौलिहवामा अप्रेशनको लागि बलाईको आयोजकले जनाएको छ । मोतियाबिन्दुको अप्रेशन गर्ने हरेक बिरामीलाई निशुल्क अप्रेशन सेवा सहित औसधि, चास्मा, खाना र बस्नको समेत व्यवस्था रहेको छ ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation