लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदाल काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत् किसानलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा प्रदेश सरकारलाई बदनियतपूर्वक हानि नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ।

सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । सो काममा  एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार भएको आयोगको ठहर  छ।

आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी,कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली,कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध पनि समान बिगो दावी गरिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation