स्थानिय फुल र मालाको प्रयोग गर्न ब्यापार संघको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको तिहार लगायतका चाडपर्व तथा कार्यक्रमहरुका प्लाटिक जन्य फुल मालाको खरिद बिक्रि तथा प्रयोग लाई रोकि स्थानिय फुल तथा मालाको प्रयोग गर्न उद्योग ब्यापार संघ कपिलवस्तुले आग्रह गरेको छ । आज एक सुचना जारि गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष खिमानन्द पौडेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नेपालीहरुको महान पर्व शुभ दिपावली, छठ तथा नेपाल संवत लगायतका चाडपर्वहरुको पावन अवसरमा शुभकामना व्यक्त गर्दै स्थानिय उत्पादनलाइै जोड दिन सम्पुर्ण व्यापार, व्यवसायि तथा उपभोक्तहरुलाई आग्रह गरिएको छ ।

May be an image of text

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation