
कपिलवस्तु । कपिलवस्तु मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु को पांचौ साधारणसभा सम्पन्न भएको छ।संस्था का जिल्ला सभापति माधब घिमिरे को सभापतित्वमा भएको कार्यक्रम मा संस्था कि केन्द्रिय सचीव मिना ढकाल प्रमुख बक्ताको रुपमा हुनुन्थ्यो।
कपिलवस्तु उद्योग बाणिज्य संघ को भवन मा भएको कार्यक्रम मा अतिथिका रुपमा नागरिक समाज कपिलवस्तु का अध्यक्ष दोलख बहादुर पछाइ,अधिवक्ता रबिराज ज्ञवाली,रास्टृय स्वतन्त्र पार्टी का जिल्ला सभापति शिव कुमार सुवेदी,क्षत्रीय सदस्य बिक्रम थापा,ट्रेड युनियन कांग्रेस कि केन्द्रिय सदस्य बिमला गैरे,उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल,शान्ति समाज का पुर्व केन्द्रिय सदस्य दिलिप कार्की,संस्थाका संस्थापक सभापति गोबिन्द पोख्रेल,अर्घाखाँची शाखाका सभापति निलकण्ठ भुसाल लगायत ले कार्यक्रम को सफलता को शुभकामना मन्तव्य संगै मानव अधिकार को क्षेत्रमा काम गर्दै जांदा सबै क्षेत्र मा भएका बेथिति बिसंगती संगै निजि क्षेत्र मा देखिएको दर्दनाक अवस्थाका बारेमा समेत सबै को एकबद्द आवाज उठाउनु पर्ने बेला आएको बताउनुभएको थियो।
कार्यक्रम मा आजिवन तथा कार्य समिति पदाधिकारी लगायत को उल्लेख्य उपस्थिति रहेको थियो। बिगत मा कपिलवस्तु मै भएको संस्था को रास्टृय परिसद बाट कुनैपनी राजनैतिक दलको कार्यकारी पद धारण गरेको ब्याक्ती संस्थाको कार्यसमिति मा रहन नपाउने ब्यबस्था अनुसार १ बर्स अघि भएको बार्सिक साधारणसभा बाट निर्वाचित साखा सचिब बुद्दी सागर बेल्बासे ले आफू पछिल्लो समय परिवर्तनको लागि रास्टृय स्वतन्त्र पार्टी मा आवद्द भै नगरको सभापति पद धारण गर्नु पुर्व नै शाखा सचिबको जिम्मेवारी बाट राजीनामा दिएकाले रिक्त सचीव पद मा पांचौ साधारणसभा बाट संस्था का कार्यसमिति सदस्य शिव कुमार कार्की लाई सचीव पदमा जिम्मेवारी समेत हस्तान्तरण गरिएको कुरा संस्थापक सभापति गोबिन्द पोख्रेलले जानकारी गराउनु भएको छ।आजको कार्यक्रम को संचालन संस्थाकी शाखा सहसचिव बिस्णु पन्थ पाण्डेले गर्नुभएको थियो।












