
काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले नेपाललाई पराधीन बनाउने खेलमा एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । मंसिर ७ गतेको आयोजन गरिने प्रदर्शनको तयारीको सन्दर्भमा जनसंगठन सञ्जालले एमाले मुख्यालयमा च्यासलमा आयोजना केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यही खेलमा एमाले प्रतिपक्षीमा रहँदा पनि चौतर्फी प्रहार भएको बताए ।
‘राष्ट्रलाई पराधीन बनाउका लागि आज षडयन्त्र भइरहेको छ । यति बेला दुई वटा शक्तिहरूमाथि प्रहार भइरहेको छ,’ महासचिव पोखरेलले भने, ‘एउटा एमाले र अर्को नेपाली सेनामाथि प्रहार भएको छ ।’
‘वैकल्पिक शक्ति भन्नेहरूको प्रहारको पनि एमाले भएको छ । सरकारमा रहेकाहरू र परिवर्तन सफल भएन भन्नेहरूको पनि प्रहारमा एमाले परेको छ’ उनले भने ।
उनले राजनीतिक अस्थिरताले देशलाई संकटमा परेको बताए । ‘३४ वर्षमा २८ जना प्रधानमन्त्री देशका लागि संकटको विषय भएको छ,’ उनले भने