
बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडीबाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएकोप्रहरीले जनाएको छ । देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतकहरु दुवैको शव मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।
तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सन्चालक थिए । विभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुन् । -ग्लोबल आवाज