दाङमा दाजुभाइ मृत फेला

दाङ । दाङमा दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी काेठाभित्र मृत्त अवस्थामा फेला परेका हुन् ।

सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृत्तक टेकबहादुरकी श्रीमतीले आफू माइती रुकुम पश्चिम गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेपछि प्रहरीले आज मङ्गलवार मात्रै काेठाकाे ढोका खाेलेर अनुसन्धानकाे प्रक्रिया शुरु गर्ने भएकाे छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation