१२ औँ राष्ट्रिय कर दिवसको अवसरमा उद्योग ब्यापार संघद्वारा कर शिक्षा प्रशिक्षण

कपिलवस्तु । १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । उद्योगी, व्यापारी, व्यवसायी तथा हरेक नागरिकलाई करको क्षेत्रमा सचेत गराउने उद्देश्य अनुरुप कर सप्ताह कपिलवस्तुका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाईएको हो ।

यसैबिच बाणगंगामा पनि उद्योग ब्यपार संघ कपिलवस्तुको आयोजनामा कर शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले स्थानिय सरकारले व्यापार व्यवसायहरुको व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । साना व्यवसायीहरुका समस्या स्थानिय सरकारले मात्र बुझ्न सक्ने भएकाले नियम कानुन बनाउँदा केन्द्र सरकारले स्थानिय सरकार सङ्ग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले राजश्वको व्यवस्थापनमा सरकार सङ्ग समन्वय तथा सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो । नेपाल कृषि प्रधान देश भएकाले कृषि बाटै आत्मनिर्भर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा सुद्धोधन गाउँपालिलाकाका प्रमुख कमलेस सरण चौधरीलेले नेपालमा व्यवसायीहरु घाटामा जानुको प्रमुख कारण भनेको विज्ञता हासिल नगरी व्यापार, व्यवसाय सुरु गर्नु नै रहेको बताउनु भएको छ । प्रकृतिले पनि कर लिने गरेको भन्दै नागरिकले राज्यलाई कर तिर्नु राज्य प्रतिको कर्तव्य रहेको बताउनु भएको छ ।

No description available.

त्यस्तै बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले जिल्लाका १० वटा पालिकाहरु मध्ये सबैभन्दा कम बाणगङ्गा नगरपालिकाले कर लिने भएपनि अझै केहि जनगुनासो आइरहेको बताउनु भयो । आफुहरुले यहाँका नागरिक र व्यवसायीहरुलाई मार पर्ने गरि कर नउठाएको समेत दाबी गर्नुभयो । नगर भित्र रहेका व्यापार व्यवसयीहरु सङ्ग समन्वय गरेर नगर अगाडि बढ्न तयार रहेको समेत उहाँले बताउनु भयो ।

No description available.

त्यस्तै सुठौलि भन्सार कार्यालय कपिलवस्तुका प्रमुख नारायण गैरेले आम जनमानसले भन्सार र भन्सारमा काम गर्ने व्याक्तिलाइ हेर्ने दृष्टिकोण सुधारिन जरुरी रहेको बताउनु भएको छ । राजस्व, धरौटि, विनियोजन, मुद्धा सम्बन्धी मासिक विवरण, मातहतको छोटि भन्सार कार्यालयहरुको मासिक रुपमा निरिक्षण गरिएको समेत उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै बाणगङ्गा नगरपालिकाका राजस्व प्रमुख मदन घिमिरेले कानुनमा भएको बाहेक अन्य कुनै बहानामा कर उठाउन नमिल्ने बताउनु भयो । बाणगङ्गामा कहिकतै ब्यापक रुपमा कर बढ्यो भन्ने हल्ला चलेको भन्दै त्यस्तो नभएर नेपाल सरकारले व्यवस्था गरेबमोजिम नै कर लिएको बताउनुभयो । केहि व्यवसायीहरुले कर नतिरेर उम्किन खोजेको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नको लागि उद्योग ब्यापार संघ र उद्योग बाणिज्य संघले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

करदाता सेवा कार्यलय तौलिहवाका कर प्रमुख सुरेश बरालीले व्यवसाय दर्ता तथा स्थानीय लेखा नम्बर लिने, लेखा नम्बर लिए पश्चात् पालाना गर्नुपर्ने विषय बस्तुहरु भुक्तानीमा कर कट्टि, किस्ता बन्दिमा कर दाखिला गर्नुपर्ने लगायतको बारेमा सचेत गराउनु भएको थियो ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेमराज गौतमले व्यापार, व्यवसायीहरुले भविष्यमा हुन सक्ने अफ्ठ्याराहरुलाइ कमि गराउनको लागि सचेत हुनुपर्ने बताउनु भएको छ ।

त्यस्तै संस्थाका संरक्षक टोप नारायण बेल्वासे लगायतले बोल्दै जुनसुकै संस्थाले आयोजना गरेपनि यस्ता महत्वपूर्ण प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

यस क्षेत्रका उद्योगी व्यवसायी लगायत सम्पुर्ण नगरिकहरुलाई कर सम्बन्धी क्षेत्रमा सचेत बनाउनको लागि गरिएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, संघका पदाधिकारी, व्यापारी तथा व्यवसायी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, उपाध्यक्ष वेदराज नेपालीको स्वागत तथा महासचिव बासुदेव खनालकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बाणगङ्गा नगरपालिका र सुद्धोधन गाउँपालिकाको सहयोग तथा करदातासेवा कार्यालय तौलिहवा, कर सहयोगी श्रमिक सङ्गठन कपिलवस्तु सङ्गको सहकार्य रहेको थियो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation