बुटवलमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

बुटवल । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले बताए ।

केही मोटरसाईकल चालकहरुले मोटरसाईकलको स्वरुप परिवर्तन गरी सार्वजानिक स्थान एवं सडकहरुमा अस्वभाबिक तवरवाट सवारी आवागमनमा वाधा पर्ने गरी समुह बनाई मोटरसाईकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदुषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लंघन गर्नुको साथै त्यस्ता अस्वाभिवक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई बिभिन्न सामाजिक सञ्जालहरुमा राख्ने गरेको भन्ने सूचनाको आधारमा ती मोटरसाइकलाई नियन्त्रणमा लिएको बताए ।

ती बुटवलसाइकलहरु बुटवलको मिलनचोक, कालिकानगर, बेलबास लगायतका स्थानबाट तालुक राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको प्रहरी प्रमुख थापाले बताए । मोटरसाइकलका चालकहरुलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation