दोस्रो बुद्धभूमि डान्स आइडलको अडिसन १२ गते हुदै

बुद्धभूमि । मङ्सिर १४ गते देखि २४ गते सम्म हुन लागेको दोस्रो बुद्धभूमि महोत्सवको तयारी अहिले तीव्र गतिमा भइरहेको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुको आयोजनामा बुद्धभूमिको गोरुसिङ्गेमा हुन लागेको महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको डान्स आइडलको अडिसन १२ गतेबाट हुने संघका कोषाध्यक्ष लक्ष्मण न्यौपानेले बताउनुभयो।

न्यौपानेका अनुसार १२ गते मङ्गलवार १० बजे सम्म डान्स आइडलकाको फारम उपलब्ध हुने बताउनुभयो। फारमका लागि संघकोप कार्यालय बडहरामा सम्पर्क गर्न सकिने बताउनुभयो।

महोत्सवको विशेष प्रस्तुतिको रूपमा रहने बुद्धभूमि डान्स आइडलमा जति सक्दो चाँडो सम्पर्कका गर्न डान्स आइडल व्यवस्थापक सुमन पौडेलले बताउनुभयो। डान्स आइडल विजेतालाई ४० हजार, उप विजेतालाई १५ हजार र सान्तोनालाई ५ हजार नगद र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation