गंगाजल कृषि तथा पशु विकास महिला सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनालले सहकारीका समस्या समाधान गर्न तिनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ । ग्रामीण भेगका महिलाहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलिरहेका सहकारीलाई डुब्न नदिन सरकारले महत्त्वपूर्ण कार्यक्रम तथा योजना ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

No description available.

आज शनिवार अर्घाखाँचीको शितगङ्गा १४ बिक्रममा रहेको श्री गङ्गाजल कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै खनालले कृषकहरुको अवस्थालाई माथि उठाउने हो भने बजारीकरण लाई विशेष प्राथमिकता दिएर सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रशस्त सम्भावना भएपनि उचित व्यवस्थापन नहुँदा नेपाल कृषि क्षेत्रमा अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

No description available.
त्यस्तै शितगङ्गा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले हजार रुपैयाँ ऋणको लागि गाउँका धनिमानि कहाँ जानुपर्ने बाध्यता सहकारीले हटाएको बताउनुभयो । अहिले यस सहकारीले बिना धितो २ लाख सम्मको ऋण प्रदान गर्नेभएकले महिलाहरुको आर्थिक अवस्था सुधार गर्न महत्वोपुर्ण भुमिका खेलेको बताउनुभयो । गंगाजल कृषि सहकारी शितगङ्गामै पहिलो नम्बरमा आउन सफल भएको भन्दै यसको पर्वद्र्धन गर्न वडा कार्यालय सधै त्यार रहेको बताउनुभयो । अब सहकारीले बाख्रा पालन मात्र नभएर कुखुरा पालन र बेसार खेतिलाइ पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा वडा अध्यक्ष न्यौपानेले जोड दिनुभयो ।

No description available.

त्यस्तै माउन्ट एभरेस्ट सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक दिपक खनालले सहकारीलाई सफलता पुर्वक सञ्चालन गर्नको लागि सबै मिल्नुको विकल्प नभएको बताउनु भयो । यो क्षेत्रमा बाख्रा पालन सबैभन्दा उत्कृष्ट रहेको भन्दै बाख्रा पालनलाई व्यवस्थित गराउनुपर्ने उहाँले बताउनुभयो ।

No description available.
त्यस्तै सहकारीकी अध्यक्ष सिता लामिछानेले वार्षीक प्रतिवेदन प्रस्तुत गर्दै ३६ जना सदस्यहरु बाट सुरु भएको यस सहकारीमा अहिले २६ वटा समुहका ६१० जना महिला सदस्यहरु आवद्ध रहेको बताउनुभयो । १४ नम्बर वडा भित्र पछाडि परेका महिलाहरुको आर्थिक अवस्था देखि व्याक्तित्व विकास गर्ने उद्देश्यले स्थापना गरिएको यस सहकारीले महिलालाई आत्मनिर्भर बनाउन विशेष भुमिका खेलिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले पार्टी प्रतिनिधि लोकनाथ न्यौपाने, सृजना युवा क्लबका अध्यक्ष सागर सोमै, समाजसेवी भक्त बहादुर अधिकारी लगायतले सहकारीले स्वरोजगार बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, अधिक खसी बोका बेच्ने लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने महिला शेयर सदस्यहरु र जेहेन्दार विद्यार्थीहरुलाइ सम्मान समेत गरिएको थियो ।

No description available.

सहकारीकी अध्यक्ष सिता लामिछानेको अध्यक्षता, कोषाध्यक्ष सिता बेल्बासेको स्वागत तथा व्यवस्थापक कृष्णा दर्लामी रेस्मिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न समुहका प्रतिनिधि, सहकारीका कर्मचारी, विभिन्न विद्यालयका प्रतिनिधि, सामुदायिक बनका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation