अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले अस्पतालले बेड भन्दापनि गुणस्तरिय सेवा सुविधा बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपालको बजेटले नपुगिरहेको अवस्थामा हमिले व्यक्तिहरुको लगानिलाई परिचालित गर्ने क्रममा समुदायको उचित सहभागिता गराउनमा हामि चुकेको उहाँले बतानुभयो । सरकारले चलाएका स्वास्थ्यले मात्र नागरिकहरुको उपचार गर्न नपुग्ने भन्दै यस्ता सामुदायिक स्वास्थ्य संस्थाको महत्वपुर्ण भुमिका रहेको उहाँले बताउनुभयो । सरकारले सामुदायिक स्वास्थ्य संस्था र अन्य संस्थाको लागि पुजिगत खर्च दिएपनि चालु खर्च नदिदा समस्या भैरहेको उहाँले स्विकार गर्नुभयो ।

पुर्व स्वास्थय मन्त्री समेत रहनुभएका थापाले अस्पतालले बिरामी आउछन र उपचार गरौँला भन्ने सोचाई त्यागेर नागरिकको स्वस्थ्य विग्रन नदिन गाउँ टोल भित्र पुग्नुपर्ने बताउनुभयो । बिरामी भएर उपचार गर्नुभन्दा नागरिकलाई बिरामी हुन नै नदिन प्रयाश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै उहाँले कपिलवस्तु सामुदायिक अस्पतालको सेवा वृद्धि र व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

छाटो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव चन्द्र आचार्य र अस्पताल कार्यालय प्रमुख चन्द्रकान्त पोख्रेलले अस्पतालको सेवा सुविधा, विगतदेखि अहिले सम्म अस्पतालका कार्यहरु, अस्पतालको क्षेत्र, लगायत अस्पतालको समग्र वस्तु स्थितीको बारेमा सङ्क्षेपमा जानकारी गराउनुभएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation