१४ औं कपिलवस्तु महोत्सव : ७५ प्रतिशत काम सकियो, चन्द्र भण्डारीले उद्घाटन गर्ने

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको आईतबार सम्म करिब ७५ प्रतिशत काम भैसकेको सोसाईटिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार खाँणले उपकार अनलाईन सङ्ग बताउनुभएको छ ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको तयारिलाई २१ गतेभन्दा केहिदिन अगाडि नै सम्पन्न गर्नेगरि काम गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै अहिलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने बताउँदै करिव डेढ करोड रुपैया बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

महोत्सवको तयारीको लागि अहिले गेट र स्टज निर्माणको काम धमाधम भैरहेको छ । अहिलेको महोत्सवमा आकर्षणको लागि मुक्तिनाथ मन्दिरको झल्को दिने गरि गेट निर्माण गरिदैछ । त्यस्तै अहिले बाल उद्धान सङ्ग सम्बन्धीत विभिन्न मनोरन्जनको साधनहरु ल्याएर तयार पारिदै छ ।

No description available.

May be an image of 5 people

यसैबिच महोत्सवको उद्घाटन प्रतिनिध सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गर्नुहुने भएको छ । युवा पुस्तादेखि पुराना दुबै पुस्ता माझ लोकप्रिय बनेका भण्डारीलाई उद्घाटनका निम्ति आमन्त्रण गरेको महोत्सवका निर्देशक तथा बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) ले उपकार अनलाईन सङ्ग बताउनुभयो ।

त्यस्तै अहिलेको महोत्सवमा प्रमेद खरेल, रामजि खाँण, रचना रिमाल, शान्ती श्री परियार, पुस्कल शर्मा, खेम सेन्चुरी, रमेसराज भट्टराई, टङ्क तिमलसिना, श्याम राना, अस्मिता अधिकारी, अनु चौधरी लगायत विभिन्न राष्ट्रि तथा स्थानिय कलाकारहरुले प्रस्तुती दिने पनि उहाँले बताउनुभयो । महोत्सवले कपिलवस्तुको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई चलायमान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै यता स्टल संयोजक मिन थापाले ३ सय स्टलमा २७५ भन्दा धेरै स्टल बुकिङ भैसकेको बताउनु भएको छ । कुल ३०० सटलहरुमा केहि स्टल निशुल्क कृषि, घरेलु, शैक्षिक लगायत विभिन्न सामाग्रि प्रदर्शनको लागि प्रदान गरिने समेत उहाँले बताउनु भयो ।

May be an image of grass

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation