
कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा चारनम्बरमा भएको प्रदेश तथा स्थानिय सरोकारवालाहरु सङ्गको अन्तरक्रिया कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।अपाङ्गता भएका नागरिकहरुलाई प्रदेश सरकारले जुनसुकै क्षेत्रमा पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले अपाङ्ग नागरिकको क्षमता वृद्धि गर्नको लागि विभिन्न खालका कार्यक्रमहरु ल्याएको स्मरण गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले अपाङ्ग नागरिकको पहुँच वृद्धि गर्नको लागि बाणगंगाले विभिन्न योजना र कार्यक्रमहरु ल्याउने बताउनुभयो । समाजमा अझैपनि अपाङ्गता भएका नागरिकहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु दुखद रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्माले अपांगहरुलाई क्षमता अनुसारको अवसरको आवश्यकता भएको औल्याउनु भयो । अपांगता भएका व्यक्तिहरुको लागि राज्यले नितिगत रुपमा ठोस योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अपांग महासंघका लुम्विनी प्रदेश अध्यक्ष होमराज अधिकारीले अपांगता भएकाहरुलाई दयाको पात्र नबनाइ अवसर र रोजगारी दिनु पर्ने बताउनु भयो । अधिकारीले हरेक अपाङ्ग नागरिकको उत्थानको निम्ति दिवसको दिन मात्र कार्यक्रम गरेर नपुग्ने भएकाले हामिसबैले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
यता कार्यक्रममा उपस्थित अपाङ्गता भएका नागरिकहरुले अपाङ्ग भएकै कारण अफुहरुले भोग्नुपरेका समस्या र गुनासाहरु उठान गरेका थिए । अपाङ्ग नागरिकहरुको विषयमा सरकारले भनेजति कुनैपनि क्षेत्रमा कार्यान्वय हुननसकेको भन्दै उनीहरले दुखेसो व्यक्त गरेका थिए । सवारी साधनमा अपाङ्ग सिट भनेपनि आफुहरुले नपाएको, सरकारी तथा अन्य कार्यालयमा काम गर्न जाँदा आफुहरु अन्य नागरिक सरह लाईनमा खटिनुपर्ने, सरकारी जागिरको लागि भएका समस्या लगायतका समस्या समाधान गर्न उनीहरुले आग्रह गरेका थिए ।
त्यस्तै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाइ, नेपाल पत्रकार महासंघकी निवर्तमान उपाध्यक्ष पार्वती पाण्डे, लगायतले बोल्दै अपाङ्ग नागरिकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।
रास्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिका मेयर चक्रपाणी अर्याल, सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख राम करण पाल, नगर महिला तथा बालबालिका शाखा प्रमुख सुसिला पन्त, लगायत पत्रकार विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो ।
रास्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेस तथा अपाङ्ग उत्थान समाज, कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा जिल्लका अपाङ्ग नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लुम्विनी प्रदेश सचिव सन्तोष पन्थीले गर्नु भएकोे थियो ।