२९ औँ ज्ञान-महायज्ञ सकियो, १३ लाख नगद सङ्कलन

कपिलवस्तु । बाणगंगाको नन्दनगरमा गत मंसिर ११ गतेदेखि सञ्चालित ज्ञान-महायज्ञ आज सम्पन्न भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान-महायज्ञ आज आइतबार सम्पन्न भएको हो ।

७ दिने महायज्ञमा नगद मात्र १३ लाख सङ्कलन भएको मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजका उपसचिव तथा महायज्ञ मुल समारोह समितिका लेखा संयोजक कमल पौडेलले रेडियो हर्ट विट सङ्ग बताउनु भएको छ । त्यस्तै महायज्ञमा धान चामल लगायतका जिन्सी समान पनि करिब २ लाख भन्दा धेरैको सङ्कलन भएको संयोजक पौडेलले बताउनुभयो ।

महायज्ञमा दैनिक करिब ५ सय भक्तजनहरुको उपस्थिती रहेको समाजका अध्यक्ष रविराज ज्ञवालीले बतउनुभयो । अझ विशेष गरि रुपन्देहीको बुटवल र सैनामैना बाट अत्याधिक रुपमा भक्तजनहरु आएको उहाँले बताउनुभयो ।

No description available.

मनकामना संस्कृत विद्यापिठलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले विगतका वर्षहरु जस्तै यस वर्ष पनि महायज्ञलाई निरन्तरता दिइएको अध्यक्ष ज्ञवालीले बताउनु भएको छ । यस्ता महोत्सवलाई आगामि वर्षहरुमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।

महायज्ञ अन्तराष्ट्रि कथा वाचक कृष्ण जि महाराज ११८ पुराणका ज्ञाँता तथा धारावाहिक कथा वाचक स्वामि जि महाराज लोकानन्द स्वामिको संरक्षकत्वमा सञ्चालन भएको हो । महायज्ञमा दैनिक साङ्गितिक भजन साथै दैनिक महाआरति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation