पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा। पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ ।

जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटाे बोक्ने क्रममा लु १ क ३१६१ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार पालुङ्गे घाइते हुनुभएको थियो ।

उहाँको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation