गाेरुसिङ्गे–सन्धिखर्क सडकका हाेर्डिङ बाेर्ड हटाउन ७ दिने सूचना

अर्घाखाँची । अर्घाखाँचीकाे गाेरुसिङ्गे–सन्धिखर्क सडकमा राखिएका हाेर्डिङ बाेर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेकाे छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका हाेर्डिङ बाेर्ड हटाउन सूचना जारी गरेको हाे ।

दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका हाेर्डिङ बाेर्ड सात दिनभित्र हटाउन भनेकाे र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation