राजनैतिक दलहरुको नेतृत्व र बाटो परिवर्तन गर्न आवश्यक : भण्डारी

कपिलवस्तु । नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो र नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको सांसद चन्द्र भण्डारीले बताउनुभएको छ । राजनैतिक दल र ति दलका नेताहरुको काम बाट जनताका जनअपेक्षाहरु पुरा हुन नसकेको भन्दै अबपनि नेताहरु नसुध्रिए जनताले गलत नेताहरुको विरुद्ध ठुलो विद्रोह गर्ने चेतावनी समेत दिनुभयो ।

१४औ कपिलबस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभयो । भण्डारीले पार्टी र गुटको नाममा देशलाई लुट्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । यस्तै उहाले पछिल्लो समय देशको अर्थतन्त्र विग्रिएको अवस्थामा बैंकहरुको व्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्दा किसान र उद्योगीहरु बढी समस्यामा परेको औल्याउदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भनेर उहाले प्रश्न गर्नुभयो ।

महोत्सवमा रहेका स्टलहरुमा स्थानिय उत्पादन हुनुपर्ने उहाँले बताउनुभयो । स्थायिन उत्पादनलाई प्रवदर््धन गर्न सके मात्र महोत्सवको औचित्य रहने सांसद भण्डारीले बताउनुभयो । अहिले महोत्सव लागिरहेको बुद्ध रङ्गसालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय नेपाली खेलाडिहरुले विश्वभर नाम कमाई रहेको भन्दै खेल क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

यता प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवदर््धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको बताउनुभयो । महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानिय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाले फरक प्रसंगमा बोल्दै वर्तमान सरकार गठबन्धन टिकाउन मात्र सिमित रहेको बताउर्दै जनाताको आवश्यकतालाई कुनै सरोकार नराखेको दाबी गर्नुभयो ।

त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरुको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताउनुभयो । त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु युवा नेताहरुको आवश्यकता रहेको औँल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सांसद रुपा पोख्रेल, प्रदेश सांसद विष्णु पन्थि, बाण्गंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै महोत्सव महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।

त्यस्तै महोत्सव संयोजक तथा आयोजक संस्था बाणगंग वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघसंस्थाले सहयोग गर्ने बताउनुभयो । उहाले जिल्लाको पर्यटन प्रर्वधन गर्ने महोत्सवको लक्ष्य रहेको बताउनुभयो ।

युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ । स्थानीय उत्पादन, कृषि, हस्तकला लगाएतको स्टल रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation