पाल्पाको तिनाउमा रहेको दोभान माविले मनायो हीरक महोत्सव

उपकार अनलाईन, रुपन्देही ।

पाल्पाको तिनाउ गाउँपालिका–२ मा अवस्थित दोभान माध्यमिक विद्यालयले विहिबार आफ्नो हीरक महोत्सव मनाएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्राविधिक एवम् व्यवसायिक शिक्षाले नै समाजको परिवर्तन सम्भव रहेको बताएका छन् ।

उनले निमुखा तथा गरिव जनताका छोराछोरीलाई जनमुखी शिक्षा नभएसम्म वैदेशिक रोजगार र विदेशी सेना, प्रहरीमा भर्ति हुने अवस्थाबाट पार लगाउन नसकिने बताए । वैज्ञानिक शिक्षाले समाज परिवर्तनमा सहयोग गर्ने उनले बताए । यसैगरी लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले हीरक महोत्सवका अवसरमा सम्मानित शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाज्ञापन गर्दै शिक्षामा आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए ।No description available.

संघीय सांसद ठाकुर गैरेले तिनाउमा रहेका सबै विद्यालयका प्रअ, समितिका अध्यक्षहरु, शैक्षिक व्यक्तित्वहरुका साथै राजनीतिक पार्टीका नेताहरुका बीच तिनाउको शैक्षिक सरोकार विषयमा मन्थन कार्यक्रम गरि शैक्षिक मार्गदर्शन आवश्यक रहेको बताए । महोत्सवमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

No description available.

यसैगरी स्थानीय अगुवा तथा समाजसेवीहरु रुपकुमार क्षेत्री, अमर प्रधान, हुकुम जीसी, चोपलाल गिरि, महेन्द्र सुवेदी, टंक बस्याल तथा कृष्ण पाण्डेय लगायतले विद्यालयको उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गरे । महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए । विद्यालयका प्रधानाध्यापक सूर्य पौडेलले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र  शिक्षक गोपाल केसी र सन्तोष शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए ।

No description available.

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation