जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो

तिलोत्तमा । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जसपा, नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा लुम्बिनीमा सम्पन्न प्रशिक्षणमा संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्नु आजको आवश्यकता विषयमा प्रशिक्षण दिइएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, लगायत महत्वपूर्ण उपलब्धीको रक्षा गर्नुपर्ने आजको आवश्यकता हो,’ उनले भने, प्रतिगामी शक्तिले षडयन्त्र गरी कमजोर बनाउने प्रयास गरेका यी मुद्दालाई संघर्षबाट जोगाउन हामी प्रशिक्षित भएका छौं ।’

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा, मनिकर कार्की लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुख गरी १ सय २५ जनाको सहभागिता रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation