
सैनामैना । साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २१ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सैनामैना–४, मुर्गिया पर्रोहा सामुदायिक वनको प्राङ्गणमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले एक कार्यक्रमका बीच साधारण सभाको उद्द्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । सेयर सदस्यले थोरै थोरै पैँसा बचत गदैँ ठूलो पुँजीको रुपमा वृद्धि भएर आयआर्जन गर्न सहकारीको भुमिका महत्वपुर्ण रहदै आएको बताउँदै बचत मात्रै नभएर उत्पादनमुलक क्षेत्रमा बढी लगानी गर्न सके आर्थिक विकास सम्भाव हुने बताउनुभयो ।
उहाँले जनताको जिवनस्तर उकास्न सहकारीले कृषि क्षेत्रमा बढी लगानी गर्न जोड दिनुभयो । विदेशी आयतित वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्दै स्नायीय स्तरमा उत्पादित वस्तुहरुको उत्पादनलाई प्रोत्सहन गर्दै यस क्षेत्रमा नै खपत गर्नसके जनताले चाहेको जस्तो आर्थिक विकास सम्भाव हुने बताउनुभयो । मेयर शर्माले दुध उत्पादन बढाउन नगरपालिकाले सहकारीमा बिक्री हुने दुधको प्रतिलिटर १ रुपैयाँ र मासुमा प्रति केजी २० रुपैयाले अनुदान दिदैँ आएका बताउनुभयो । साथै उहाँले व्यवसायीक तरकारी उत्पादन, तरकारीका विउ, घाँसको विउँ, कृषि औजारमा अनुदान दिदैँ किसान र कृषकका हितका लागि सैनामैना नगरपालिकाले विशेष योजना बनाएर अगाडी बढिरहेको बताउनुभयो ।
नेपाल कृषि सहकारी संघ केन्द्रिय संघका संचालक रामप्रसाद रेग्मीले शेयर सदस्यहरुको सेवालाई सदैव निरन्तर रुपमा सेवा प्रदान गरी उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु गर्नुपर्ने जोड दिदै संस्थाले सहकारीको निति विधि र प्रविधि रही कारोबारलाई अगाडि बढाउदै लैजानु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा संचालक समितिका अध्यक्ष परशुराम सापकोटाको सभापतित्वमा आज सम्पन्न भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको आतिथ्यता नेपाल कृषि सहकारी संघ केन्द्रिय संघका संचालक रामप्रसाद रेग्मीको विशिष्ट आतिथ्यता, देवदह साना किसा कृषि सहकारीकी अध्यक्ष टीका न्यौपाने सैनामैना नगरपालिका वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम सापकोटाले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारी संस्थाका मुख्य प्रबन्धक दिनेश कुमार घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । २०६० सालमा स्थापना भएको सहकारीमा अहिले २ करोड ४८ लाख ११ हजार २ सय पुंजी पुगेको छ भने ४ हजार २२ जना कुल सेयर सदस्य रहेको सहकारीका प्रबन्धक दिनेश कुमार घिमिरेले बताउनुभयो । सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका र मायादेवि गाउँपालिकालाई कार्य क्षेत्र बनाएर कृषक र किसानलाई प्राथमिकतामा राखेर सहकारीले काम गर्दै आएको छ ।