सैनामैनामा बुधवार राती सहकारी र मनि ट्रान्सफरमा कसरी भएको थियो चोरी (हेनुहोस् पुरा भिडियो)

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा बुधवार राती दुइवटा सहकारी र एक मनि ट्रान्सफरमा चोरी भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ बासगढीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट करीब ५५ हजार नगद चोरी भएको सस्थाका व्यवस्थापक कृष्ण रानाले जानकारी गराउनुभयो । २० गते राती करिव ११ वजेको समयमा चार जनाको समुहमा सस्थाको कार्यालय पछाडीबाट आएर चोरी गरेको सिसी टिभि फोटेजमा देख्न सकिन्छ ।

सस्थाका कुनै व्यक्तिसंग दुस्मनी नभई नगद चोर्ने हेतुलेनै चोरी गरेको रानाले बताउनुभयो । घटनाको प्रकृति हेर्दा टाढाको नभइ चिने जानेकोले नै यो घटना घटाएको उहाको भनाई छ । यता सैनामैना वडा नं. ८ मै रहेको मलमला मनि ट्रान्सफरमा समेत चोरी भएको मलमला मनि ट्रान्सफरका सञ्चालक सुमन रावलले बताउनुभयो । मलमला मनि ट्रान्सफरमा रहेको सिसी टिभि डिभिआर समेत चोरले लगेको र त्यहा रहेको नगद करिव १५ हजार रुपयौ चोरी गरेको उहाले वताउनुभयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडमा करिव ११ वजे देखिएका चोरको समुह मलमला मनि ट्रान्सफरमा भने राती करिव सवा १ वजेको समयमा सग्गै सटेको जन उत्थान कृषि सहकारी सस्थाको सिसी टिभि फोटेजमा हेर्न सकिन्छ । यता रामापुर कृषक बहुउद्धेश्यीय सहकारी सस्थाको मुल गेटको ताला समेत फोडेर भित्र पसेको र नगद फेला पार्न नसकेको सस्थाका अध्यक्ष घनश्याम पाण्डेले जानकारी गराउनुभयो ।

चोरहरुको अज्ञात समुहले कार्यालयको ढोका, सिसिटिभि क्यामरा, दराज र नगद राखिएको सेफसमेत फोरेर कार्यालयमा रहेको नगद चोरी गरेका हुन । विहिवार विहान कार्यालय खोलेपछि मात्रै चोरी भएको घटना बारे जानकारी बाहिर आएको हो । बुधबार राति भएको चोरी घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय सालझण्डीले गरिरहेको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation