नाडा लुम्बिनी प्रदेशको कोषाध्यक्षमा युवा ब्यबसायी नारायण पौडेल

शागर बेल्बासे, कपिलवस्तु ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन रुपन्देहीको मणिग्राम स्थित होटल ड्रीम ल्यान्ड मा सम्पन्न भएको छ।

शनिवार भएको संस्थाको तेस्रो साधारणसभामा प्रमुख अतिथिको रूपमा नाडाका केन्द्रिय अध्यक्ष धुर्व बहादुर थापा हुनुहुन्थ्यो। साथै निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल लगायत नाडाको केन्द्रिय टिमको उल्लेख्य उपस्थिति मा भएको दोस्रो अधिबेशन बाट कपिलवस्तु बाट संस्थाको कोषाध्यक्ष पदमा यश क्षेत्र का युवा उद्धमी श्री सिद्दार्थ ट्र्डर्सका (हिरो मोटरसाइकल कपिलवस्तु को आधिकारिक बिक्रेता ) संचालक नारायण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ। साथै संस्था को कार्यसमिति सदस्यमा यश क्षेत्र का युवा ब्यबसाइ पौडेल मोटरसाइकल पार्ट्स का संचालक दिपक पौडेल समेत राज्यको महत्त्वपूर्ण खम्बा मानिने नाडाको प्रदेस तहमा २ जना को सहभागिता गराउन सफल भएको ब्यबसाइ बुद्दिसागर बेल्बासे (मामा) ले जानकारी गराएका छ्न। दोस्रो अधिबेशन को भब्य समारोह का प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन हुनुहुन्थ्यो भने,रुपन्देही का प्रमुख जिल्ला अधिकारी,आन्तरिक राजस्व कार्यालय का कर अनुसन्धान अधिकृत ,तिलोत्तमा नगर प्रमुख,बुटवल उद्योग बाणिज्य संघ,ब्यापार संघ,नाटु,लगायत विभिन्न संघ संस्था तथा कार्यालय प्रमुख को उपस्थिति रहेको थियो।

संस्था ले स्थापना काल देखी हालसम्म गरेका विभिन्न सामाजिक क्रियाकलाप को बिसयमा जानकारी गराउदै उक्त क्रियाकलाप मा सहयोग पुराउने धेरै लाई सम्मान गरेको छ।कार्यक्रम मा ट्राफिक सचेतता गराउन सहयोग पुराउने कपिलवस्तु र रुपन्देही का विभिन्न तहका ट्राफिक प्रहरी,स्वास्थ्य क्षेत्रमा सहयोग पुराएका विभिन्न मेडिकल ब्यबसाइ तथा स्वास्थ्यकर्मी ,संस्थालाई विभिन्न समयमा सहयोग पुराउने सहयोगी संघ संस्थालाइ नगद,प्रसंसापत्र र दोसल्ला सहित भब्य सम्मान गरिएको थियो।कार्यक्रम संस्थाका अध्यक्ष गणेश प्रसाद भट्टराई को अध्यक्षता र सचिब राम प्रसाद बेल्बासेको संचालनमा सम्पन्न भएको छ।आजको अधिबेशन बाट अध्यक्ष मा गणेश प्रसाद भट्टराई ,संस्थागत उपाध्यक्षमा नरेन्द्र बहादुर ओलि,वरिष्ठ उपाध्यक्षमा रोसन पाण्डे ,उपाध्यक्षमा कृष्ण प्रसाद भन्डारी,महासचिव मा राम प्रसाद बेल्बासे,कोषाध्यक्षमा नारायण प्रसाद पौडेल ,सचिब मा बिबेक कुमार श्रेष्ठ ,सह कोषाध्यक्षमा चन्द्रदिप जोसि,सह सचिबमा तिलकराम पाण्डे सदस्यहरुमा क्रमस दिपक ओलि,कमल प्रसाद न्यौपाने ,प्रबेश भट्टराई ,रमेश श्रेष्ठ ,दिनेश अमात्य ,धिरेन्द्र श्रेष्ठ ,दिपक पौडेल ,ओमहरि आचार्य ,केशव पाण्डे र बालकृष्ण पाण्डे निर्वाचित हुनुभएको निर्वाचन संयोजक अधिवक्ता कृष्ण प्रसाद पाण्डेले जानकारी गराउनु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation