बाणगंगमा एक घरको सेफ्टी ट्याड्ढी बाट नवजात शिशुको उद्धार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ ।

देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो । विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ शिशु फेला पारेर पिपरा अस्पताल पु¥याएपछी प्रहरीलाई खबर गरिएको स्थानियले बताएका छन् ।

अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछी शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । बच्चा र आमाको अहिले प्रादेशिक अस्पताल बुटवलमा थप उपचार भैरहेको छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।

महिला सम्बन्धिको कुरा भएकोले आमाको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय पिपरा प्रमुख गोपाल रायमाझीले बताउनु भयो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation