
कपिलवस्तु । आज १४ औँ कपिलवस्तु महोत्सवको पाँचौ दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको पाँचौ दिन सोमबार पनि दर्शकहरुको बाक्लो उपस्थिती रहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्रीले बताउनुभयो ।
त्यस्तै आज १० लाख बढिको आर्थिक कारोबार भएको पनि उहाँले बताउनुभयो ।
आज लोक तथा दोहोरी गायक खेम सेञ्चुरी, बालचन्द्र बराल र कोपिला न्यौपाने लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।
त्यस्तै २६ गते मंगलबार लोक तथा दोहोरी गायक गायिका शान्तीश्री परियार, रचना रिमाल, अलिफ खान र नारायण बिपी परियार लगायत स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।