
कपिलवस्तु । टाउकोमा गम्भिर चोट लागेर रकम अभावमा उपचार विहिन भएकी रोल्पाकी पुस्पा वि.क. को कभारतमा सफल शल्यक्रिया भएको छ । रोल्पाका सञ्चारकर्मी भुपेन घर्ती मगरको नेतृत्वमा पटक पटक गरि उठेको ३ लाख आर्थिक सहयोगले उनको शल्यक्रिया सफल भएको हो ।
टाउकोमा ठुलो चोट लागेपछि आर्थिक अभावमा छटपटाएकी वि.क. लाई केहि सहयोग लिएर पहिलो पटक सञ्चारकर्मी घर्ती पुस्पाको घरमा गएका थिए । उनले पुस्पा र उनको परिवार सङ्ग एउटा भिडियो समेत बनाएका थिए । त्यस लगत्तै देश तथा विदेश बाट पुस्पाको उपचार गर्न विभिन्न व्याक्तिहरुले सहयोग गरेको घर्तीले उपकार अनलाईन सङ्ग बताएका छन ।
स्थानिय सरकार बाट सहयोग गर्ने आश्वासन भएपनि अझै सम्म उक्त परिवारले सहयोग नपाएकोले अझैपनि सक्नेले सक्दो सहयोग गर्न उनले आग्रह समेत गरेका छन ।
घर्ती लामे समयदेखि सञ्चार क्षेत्रमा रहेपनि उनले पछिल्ला दिनहरुमा सामाजिक तथा सहयोगी कार्यहरु गर्दै आएका छन । उनी अहिले राष्ट्रिय मिडियामा समेत आवद्ध रहेका छन ।
जिल्लाको गंगादेब गाउँपालिका वडा नं ७ का कलबिर वि.क आफ्नी छोरीको उपचार गर्न नेपालमा मोटो रकम लाग्नेभएपछि उपचार गराउन सकेका थिएनन् । उनले शल्यक्रिया भएपनि अझै चेकजाँचको लागि भारत नै जानुपर्ने र परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएको भन्दै सहयोगको अपिल गरेका छन ।