
बुटवल। उजिर सिंह माध्यमिक विद्यालय बुटवल को हीरक जयन्ती -२०८० को अवसरमा देवी सरस्वती को मुर्ति स्थापना तथा अनावरण आज गरीएको छ । विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठले आफ्नो स्वर्गीय बुवा पदमलाल श्रेष्ठ स्मृतिमा विद्यालय परिसरमा आज पुजापाठ विधिपुर्वक कासको सुन्दर मुर्ति स्थापना गरेका हुन |
विद्यालयमा विद्याका देवि सरस्वतीको स्थापना गरि धर्म संस्कृति र परम्परा संरक्षणमा योगदान मिल्ने गरि कार्य गरिएको उनले बताए । त्यस्तै आज दोस्रो दिन जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता मा पहिलो चरण को खेलमा मणिमुकुन्द कलेजले इडन बोडिङ स्कुललाई सोझो सेट २-०,बुद्ध पब्लिक बोडिङ स्कुलले केएनपिआइलाई २-१,दुर्गादत्त माविले ज्ञानोदय माविलाई २-०, न्यू ईन्भारमेन्ट बोडिङ्ले सेभन स्टार बोडिङ स्कुललाई २-०,ज्ञानपुण्ज बुटवल ले न्यू भिजनलाई २-०,सगरमाथा बोडिङ्ले नवज्योति बोडिङ्स्कुललाई २-० तथा सेन्ट जोशेफ बोडिङ स्कुलले लिटिल फलावर्सलाई २-० ले पराजित गर्दै दोस्रो चरण मा प्रवेश गरेको खेल संयोजक यम प्रसाद श्रेष्ठ ले बताए ।