
कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच भव्य सव्य समापन हुने भएको छ ।
युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन भन्ने नाराका साथ महोत्सवको नेतृत्व आफूले गरेको महोत्सव सफलता उन्मुख रहेको खाँणले बताए । ७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेको १४ औं कपिलवस्तु महोत्सव पनि सफल भएको बाणगंगाका अगुवा बुद्धिजीविहरुले बताएका छन् ।
समापन सत्रमा कपिलवस्तु जिल्लाका संघीय सांसद तथा प्रदेश सांसद जिल्लाका राजनीतिक दल, संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहने छ । यसैबीच महोत्सवको १० दिन शनिबार महोत्सवको करिब १५ हजार दर्शक र ५० लाख बढीको कारोबार भएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।
शनिबार नै राष्ट्रिक कलाकार पुष्कल शर्मा, टंक तिमिलसिना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाहीको बेजोड प्रस्तुती रहेको थियो । १२ औं कपिलवस्तु डान्स आइडल तर्फ टप ५ मा परेकी विशेष झेडी बाहिरीएकी डान्स आईडल संयोजक खड्क बहदुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार आइतबार टप ४ फाईनलिस्टमा परेका विहान कार्की, प्रिन्सिका खाँण, मोनिका राना र मेनिसा छहारीले आआफ्नो प्रस्तुति दिने छन् । डान्स आईडलको उपाधि शत प्रतिशत दर्शकको भोटको आधारमा घोषणा गरिने क्षेत्रीले बताए ।
महोत्सवमा ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइएको छ । धेरै भन्दा धेरै दर्शक भित्राउने र महोत्सव अवलोकन कर्ताहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले यो पटक महोत्सव प्रवेश शुल्क रु ७०।– बाट घटाएर रु। ६०।– मात्र गरिएको छ ।
१४ औं कपिलवस्तु महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।
महोत्सवमा तीन सय बढी स्टल रहेका जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी रहेका थिए ।