
काभ्रे । ऊँ माता मनकामना जेनि ट्रष्टद्वारा ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरल ‘सरिता बाजे’ लाई शनिबार मंसिर ३० गते दान गरेको छ । आपतविपतकी देवी एवम् ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालकी अध्यक्ष माता मनकामना जेनि श्रेष्ठले एक लाख परेकाे गाई काे बाँच्छिसहितलाई विशेष पूजाआजा गरेर हस्तातरण गरिएको थियो ।
आजभन्दा करिब ६ महिना अगाडि गाई वितेको स्वरूप अहिले दुधुदुहुने बाच्छि सहित गाई कोशेलीको पाउँदा एक दम खुशी लागेको सरिता बाजेले जनाए । माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप सरिता बाजेलाई गाई दिन पाउँदा खुशी लागेकाे जनाउँदै गाईलाई राम्ररी हेरविचार गरेर लालन पालन गरेबापत बचेको दुध बेच्न अनुरोध गरिन् ।
गाई दान कार्यक्रममा जुंगे बाजे र सरिता बाजेले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे । करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise bank 2041377268011009 सहयोग गर्न समेत अनुरोध गरेका छन् ।