
दाङ । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति चयन भएका थिएनन् ।
प्रदेशसभामा रहेका अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति सत्तापक्षले बाँडफाँड गर्ने स्रोतले जनाएको छ ।