
काठमाण्डाै । बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) काे सेमिफाइनलमा पुगेकाे छ ।
आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले बुटवललाई १–० गाेलले हरायाे । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी समयमा गाेल गरे । पाेखरा नेपाल सुपर लिगकाे दाेस्राे संस्करणका सेमिफाइनल पुग्ने पहिलाे टाेली बनेकाे छ ।
याे जितसँगै पाेखरा ७ खेलमा १४ अङ्कसहित तालिकाकाे पहिलाे स्थानमा उक्लिएकाे छ । बुटवल ७ खेलमा ७ अङ्कसहित सातौँ स्थानमा छ । बुटवलकाे सेमिफाइनल पुग्ने सम्भावना कमजाेर बनेकाे छ ।