
कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा, मसला, फलफुल, तरकारी लगायत विभिन्न खाद्यन्न सामाग्री प्रदान गरेको हो ।
नगरभित्र रहेर कुलतमा फसेका व्यक्तिहरुलाई उपचार र कुलत बाट छुटकारा दिलाउने उक्त संस्थाहरुमा खाद्यन्न सामाग्रीको अभाव महशुस गरेर सहयोग गरेको सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताउनुभयो ।
त्यस्तै फाउण्डेसनका पदाधिकारीहरुले आफुहरुलाई संस्था चलाउन समस्या भैरहेको समयमा वेलफेयरले गरेको सहयोग महत्वपुर्ण रहेको भन्दै धन्यवाद दिएका थिए । सामाजिक कार्यमा सक्रिय रहेका संस्थाहरुलई बचाउन अन्य क्षेत्र बाट पनि सहयोग गर्न संस्थाका पदाधिकारीहरुले आह्वान समेत गरेका छन ।