कपिलवस्तुमा लागुपदार्थ सहित १ जना पक्राउ

कपिलवस्तु । लागुपदार्थ सहित जिल्लाको कपिलवस्तु नगरपालिका बाट १ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थित पचेहरा–वरोहीया सडक खण्डमा मोटरसाईकलमा सवार सोहि नगरपालिका वडा नम्बर ९ का युवराज थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले उपकार अनलाईन सङ्ग बताउनुभयो ।

लु २५ प २७०६ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ सहित ८ ग्राम ८९० मिलिग्राम सहित थारुलाई पक्राउ गरिएको प्रमुख रायमाझीले बताउनुभयो ।

उनलाई कानुन बमोजिम पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

May be an image of phone and digital audio player

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation