
कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको पैसा मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने सहि सदुपयोग गरेको छ । बाणगंग नगरपालिका वडा नम्बर २ मा रहेको बैजलपुर युवा क्लबले देउसी भैलोमा उठेको रकमले सडक बत्ती जडान गरेर सहि सदुपयोग गरेको हो ।
रातको समयमा सडकमा यात्रा गर्ने पैदलयात्रु र सवारी चालकहरुका समस्यालाई मध्यनजर गर्दै २०८० सालको देउसी भैलो बाट उठेको रकमले बैजलपुरका विभिन्न २० ठाउँमा बत्ती जडान गरेको क्लबका पदाधिकारी सुनिल श्रेष्ठले बताउनुभएको छ ।
साथै क्लबले आफुहरुलाई विभिन्न माध्यम बाट सहयोग गर्ने सम्पूर्णहरुलई धन्यवाद समेत व्याक्त गरेको छ ।